एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)क्रिकेट प्रतियाेगिताकाे दाेस्राे संस्करण अन्तर्गत आज एक मात्र खेल हुँदैछ ।
आज अपरान्ह चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ ।
प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने लुम्बिनीकाे नेतृत्व रोहितकुमार पौडेलकाे काँधमा छ ।
Facebook Comments

