एनपिएलः काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स एवं चितवन राइनोज र सुदूरपश्चिम रोयल्सवीच प्रतिस्पर्धा हुने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै अपराह्न ४ बजे दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

यसअघि खेलेका ६ खेलमध्ये ४ खेल जितेर ८ अंक जाेडेकाे काडमाण्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ । प्ले अफमा पुग्ने संभावना लागि पाेखराले खेल जित्नुपर्ने हुन्छ ।

दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान सुरक्षित गरिसकेकाे र अहिलेसम्म अपराजित टिम हाे । शीर्ष स्थानमा रहेकाे सुदूरपश्चिमकाे १० अंक रहेकाे छ ।

छैटौं खेल खेल्न लागेकाे चितवन राइनोजले यसअघिका उसले २ खेल जितेर ४ अंक जाेडेकाे छ । प्लेअफमा पुग्नका लागि चितवनका लागि पआजको खेल महत्त्वपूर्ण रहनेछ ।

Facebook Comments