आहारारा पोखरा गोल्डकपः थ्रीस्टार र मछिन्द्र क्लब भिड्दै
माेफसलकै चर्चित फुटबल प्रतियाेगिता आहारारा पोखरा गोल्डकप अन्तगर्गत क्वाटरफाइनलका खेल जारी रहेकाे छ ।
प्रतियाेगिताको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुँनेछ ।

प्रतियोगिताको प्रिक्वाटरफाइनलमा मछिन्द्र क्लब विभागीय टिम एपीएफलाई २–० ले हराउँदै अन्तिम ८ मा पुगेकाे हाे । थ्रीस्टार सिधै क्वाटरफाइनलबाट पहिलो खेल खेल्न लागेको हो ।
माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विदेशीसहित १२ टोली सहभागी छन्। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Facebook Comments

