विहारमा भाजपा र जनता दलकाे प्रचण्ड बहुमत
बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले अत्याधिक सफलता प्राप्त गरेकाे छ ।
केन्द्र सरकारकाे नेतृत्व गरेकाे भाजपा र जनता दल नेतृत्वकाे गठबन्धनले अत्याधिक २०२ सिट सहित दुईतिहाइ बहुमत ल्याएको छ।
शुक्रबार बिहानबाट सुरू भएर राति ११:४५ बजे सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने निश्चित भएकाे छ ।
कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरेकाे हाे।
यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ।

राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो ।
कांग्रेसकाे समर्थनमा तेजस्वी नेतृत्वमा चुनावमा हाेमिएकाे महागठबन्धन भने नराम्राेसँग पछारिएकाे छ ।

