चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु

चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ ।

गस्तीबाट फर्किएपछि हतियार राख्ने क्रममा भुलबस फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको हाे ।

भरतपुर महानगरपालिका–११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार थन्क्याउने क्रममा अचानक गोली चलेपछि घाइते भएका थिए ।

दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका दासलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Facebook Comments