कास्कीमा माघ महिनामा मात्रै १५३ जना फरार प्रतिवादीहरु पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले २०८१ सालकाे माघ महिनामा मात्रै १५३ जना फरार प्रतिवादीहरू पक्राउ गरेकाे छ ।

बुधबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले १५३ जना प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको जानकारी दिएकाे हाे ।

निजहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र रु.१,५२,४८,८८६।- (एक करोड बाउन्न लाख अड्चालिस हजार आठ सय छयासी रुपैँया) जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जि.सी.का अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना (पुरुष- १२५ जना, महिला- २८ जना) फरार प्रतिवादीहर पक्राउ गरेकाे हाे ।

जसमा चेक अनादार मुद्दामा – ९६ जना, लागू औषध सम्बन्धी मुद्दामा – १४ जना, बैंकिङ कसूर मुद्दामा – १८ जना, अभद्र व्यवहार मुद्दामा – ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धीमुद्दामा – २ जना, स्वास्थ्य कर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा – २ जना, सवारी ज्यान मुद्दामा – १ जना, कुटपिट मुद्दामा १ जना, जालसाझी मुद्दामा – ४ जना, लेनदेन मुद्दामा – १ जना र चोरी मुद्दामा – ९ जना रहेका छन् ।

Facebook Comments