नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्ने बताउनुभएकाे छ ।

नयाँ वर्ष २०८२ को सम्पूर्णमा शुभकामना दिदैँ प्रधानमन्त्रीले कठिनाइहरुका वावजुद हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने बताउनुभएकाे हाे ।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छाै । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ ।  

उहाँले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा सङ्कल्प रहेको भन्दै आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर नपुग्ने भन्दै सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्ने उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments