बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । 

बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ बिहिबार राती ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् । 

उक्त दुर्घटनामा घाइते भएका १० जना मध्ये ६३ बर्षिय काजी कामी र ३८ बर्षिय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिनुभयाे ।

अन्य आठ जनाको अवस्था सामान्य रहेको रहेको प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भैरहेको डा. ढकालको भनाई छ ।

Facebook Comments