पोखरा महोत्सव समापन हुँदै
पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव साेमबार समापन हुँदैछ ।
महाेत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरूकाे प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा पाेखरेलीहरु झुमेका हुन ।
त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सवमा दर्शकको चाप संगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार समेत उल्लेख्य मात्रामा भएकाे महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक जयराम आचार्यले जानकारी दिनुभयाे ।
महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिनुभयाे । तिमिल्सिनाका अनुसार सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुती रहने छ ।
महोत्सवमा आयोजित विद्यालय स्तरिय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिनुभयाे ।

