पोखरालाई समृद्ध बनाउने योजनाहरुबारे छलफल हुँदैछः सञ्चारमन्त्री गुरूङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पोखरालाई समृद्ध बनाउने याेजनाबारे छलफल गरिरहेको बताउनुभएकाे छ ।
शनिबार पाँचौं टाइगर कपको उदघाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउनुपर्ने भन्दै सरकारले यसमा छलफल गरेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘पोखरालाई पर्यटकप्ष् राजधानीकोसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउन सकिन्छ । पोखरामा हरेक दिन कुनै न कुनै महोत्सव र टुर्नामेन्ट भइरहने अवस्था होस ।सरकारले पनि पोखरालाई अझ समृद्ध बनाउने कुरामा छलफल गरिहेको छ ।
यसको साथै, उनले पोखरालाई खेल र आइटीको हब पनि बनाउनुपर्ने कुरामा जोड दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामी सबैको सपना हो । पोखरालाई खेलको हब बनाउने यति मात्र होइन अबका दिनमा पोखरालाई आइटीको हब पनि बनाउनुपर्छ । पोखरामा आइटी पार्क वा डेटा सेन्टर निर्माण गरेर पोखरालाई फेरि आधुनिक युगमा प्रवेश गराउन चाहन्छौ ।’

