ओली सरकारले राम्रो गरिरहेकाे छः महासचिव पोखरेल

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्राे काम गरिरहेकाे बताउनुभएकाे छ ।

उहाँले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै  रहेको बताउनुभएकाे हाे ।

शनिबार  राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उहाँले  पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरुको कमी नभएको बताउनुभउकाे हाे ।

उनले भन्नुभयाे, ‘जतिबेला मुलुक निराशाको  खाडलबाट  बाहिर निकल्ने  प्रयत्न गरिरहेको छ । मुलुकलाई  आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै  केही हुन्छ की  भनेर  आशा प्रकट गरिरहेको  अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले  गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरी एकपटक सलबलाएर एमाले  र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’

साथै  उहाँले नेकपा एमालेको नेतृत्वले  सरकारले  जनतामा आशा जगाएको दाबी गर्नुभयाे । उहाँले सरकारले  जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तिव्रता पाइरहेको बताउनुभयाे ।

Facebook Comments