रवि लामिछानेलाई १ कराेड धरौटीमा छाड्न आदेश
जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई सहकारीकाे रकम अनियिमतता गरेकाे अभियाेगमा १ कराेड धरौटी माग गरेकाे छ ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको मुद्दामा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेकाे भन्न नसकिने भन्दै धराैटी माग गर्ने आदेश दिएकाे हाे ।

