शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघ प्रतिनिधिवीच वार्ता
आन्दोलित शिक्षकहरुका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा बसेका छन् ।
शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहितकाे टाेली शिक्षामन्त्रीसँग छलफलमा व्यस्त रहेकाे छ ।
शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधन कसरी गर्ने भन्नेबारेमा छलफल हुने बताइएकाे छ ।
शिक्षक महासंघले भने वार्ता भएपनि चैत २० गतेदेखि जारी आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सदा झै ११ बजे आन्दोलनमा सरिक हुन र सहभागित बढाउन अपिल गर्नुभएकाे छ ।
Facebook Comments

