नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
लोकेश बमको उत्कृष्ट प्रदर्शनका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्दा ४ रनले पराजित हुनुपर्याे ।

मुम्बईको वानखडे रंगशालामा उल्लेख दर्शककाे समर्थन पाएकाे नेपाली टाेलीले अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।
यसअघि ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो ।
Facebook Comments

