राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अधिकारीले ७० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अधिकारीले एच.के इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा  राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण गरे बापत ७० लाख रूपैयाँ घुस लिएको अख्तियारको दावी छ ।

अख्तियारका प्रवक्ता सुरेश प्रवक्ता न्यौपानेका अनुसार झलकरामले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको  सल्लाह र मिलेमतोमा ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराईज बैंक लगायतबाट स्वरूप परिवर्तन गरेर रकम बुझिएको देखिएको छ। 

उनीहरूले वित्तीय संस्थामा रकम दाखिला गरी भक्तपुर, थिमी नगरपालिका- २ दिव्यश्वरी आयोजना भित्रको कित्ता नं ९९८ क्षेत्रफल १६४.१४ वर्गमिटर (०-५-०-२-५९) जग्गा खरिद गरेको अनुसन्धानबाट पाइएकाे अख्तियारले जनाएकाे छ ।

महानिर्देशक अधिकारीले २०७९ साउन २४ र भदौ २७ गते योजनाबद्ध रूपमा द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एंव शेयरधनी देवेन्द्र केसीको सहयोगमा रकम असुली गरेको अख्तियारको आरोप छ। 

Facebook Comments