माैसमः पाँच प्रदेशमा बादल, काठमाडाैंमा हल्का वर्षा

हाल कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ । काठमाण्डौंमा भने हल्का पानी परिरहेको छ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने उल्लेख गरेकाे छ । त्यस्तै तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम  वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले साेमबार राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments