माैसमः पश्चिमी वायू, स्थानीय वायुको प्रभाव
नेपालमा पश्चिमी वायू, स्थानीय वायुको प्रभाव साथै नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले छ।

महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ।
महाशाखाले मंगलबार दिउँसाे कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग्, हावाहुरी, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै मंगलबार राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

