पाँच प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशमा तथा बागमती प्रदेशका तराईमा समेत साधारणतया बादल र बाँकी प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बादल लागेको छ ।

महाशाखाले आज देखि केही दिनका लागि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जनाएकाे छ ।

महाशाखाले बुधबार दिउँसाे पनि देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी तथा तराई भू-भागमा आंशिक बादल लाग्ने उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार  कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग् सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

बुधबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Facebook Comments