इरानविरुद्ध सैन्य कार्वाहि छिट्टै अन्त्य हुने ट्रम्पकाे भनाई
सैन्य कारबाही सफलताको नजिक रहेकाे दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गर्नुभएकाे छ । बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने क्रममा रहेको जिकीर गर्नुभएकाे हाे ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य मेरुदण्ड भाँचेको दाबी गर्नुभयाे ।
उहाँले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको र इरानका अधिकांश शीर्ष नेताहरू मारिएको दाबी गर्नुभयाे । ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ ।
पुर्ववत कथन दाेहाेर्याउँदै राष्ट्रपति ट्रम्पले सैन्य कार्वाही छिट्टै अन्त्य हुने बताउनुभयाे ।
Facebook Comments

