पश्चिम एसियामा बढ्दो तनावः नेपाल वायुसेवा निगमले समस्यामा परेकाका लागि विशेष उडान सञ्चालन गर्दै

पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्दैछ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।

ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाे निर्देशनमा नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।

पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।

Facebook Comments