फिफा विश्वकप २०२६ः इंगल्याण्ड र नर्वे क्वाटरफाइनलमा

 दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनल यात्रा तय गरेकाे छ ।

साेमबार बिहान भएकाे खेलमा इंगल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनल यात्रा तय गरेकाे हाे ।

राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे ।

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिल यसपटककाे विश्वकपबाट क्वाटरफाइनल अगावै बाहिरिनु परेकाे छ ।

नर्वेले ब्राजिललाई २-१ ले पराजित गर्दे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । याे विश्वकपकाे इतिहासमा नै नर्वेकाे रेकर्ड ब्रेक पनि हाे । यसअघि नर्वे विश्वकपमा क्वाटरफाइनलमा पुगेकेा थिएन ।

पाँछ पटककाे विश्वविजेता ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।

ब्राजिल नर्वेसँगकाे प्रतिस्पर्धामा विजयी हुन सकेकाे छैन । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २-१ ले नै पराजित गरेको थियो ।

Facebook Comments