फिफा विश्वकप २०२६ः अर्जेन्टिना सेमीफाइनलमा प्रवेश
फिफा विश्वकप २०२६ अर्जेन्टिना सेमीफाइनलमा प्रवेश गरेकाे छ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम चरणमा अर्को गोल थप्दै ३–१ समीकरणमा सेमीफाइनल यात्बरा तय गरेकाे हाे ।

अमेरिकाको क्यान्सास सिटी स्टेडियममा जारी खेलमा अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा १२०औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेका थिए ।
यसअघि अतिरिक्त समयको ११३औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए ।
निर्धारित समयमा अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनेल मेस्सीको असिस्टमा गोल गरेका थिए भने स्विट्जरल्यान्डका यान एन्डोयेले ६३औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।
Facebook Comments

