बडादशैंः मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाइँदै

२०८३ सालकाे बडादशैं अन्तर्गत आज विजया दशमीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने क्रम जारी रहेकाे छ । आफ्नाे घर घरमा मान्यजनबाट टिका जमरा लगाएपछि आफन्तकाे प्रसाद ग्रहणका लागि जाने क्रम आज दिनैभर जारी रहेकाे छ ।

नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउन पूर्णिमाकाे दिनसम्म पनि आफन्तकाेमा जाने प्रचलन रहेकाे छ ।

बिहान १०:२६ बजेको उत्तम साइतमा मान्यजनबाट टीका र जमरा लगाएपछि परिवारसहित मामाघर लगायत अन्य आफन्तकाे जाने प्रचलन रहेकाे छ । दसैँको टीका लगाएर आफन्तकहाँ जाने र नजिकका मठमन्दिर तथा पर्यटकीय स्थल घुम्ने पिङ खेल्ने, विभिन्न खेलहरू खेलेर रमाइलाे गर्ने चलन पनि रहेकाे छ ।

आज दुर्गापक्षको मुख्य दिन विजया दशमीमा मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने परम्परा छ । कतिपयले विजयादशमीकाे एक दिनमा मात्र नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउँछन् भने कतिपय समुदायमा काेजाग्रत पूर्णिमासम्म पनि टिका लगाउने चलन रहेकाे छ ।

Facebook Comments