बडादशैंः आज पनि टीका र जमरा लगाएर मनाइँदै
विजया दशमीको टीकाको तेस्रो दिन आज पनि टीका र जमरा लगाएर दशैँ मनाइँदै छ । दशैंकाे टिका कतिपय स्थान र समुदायले आज त्रयाेदशीका दिन पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने गर्दछन् । ।
बुधबार बडादशैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनकामा पुगेर टीका थाप्ने गरेका हुन् ।
कतिपय समुदायमा कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ ।
Facebook Comments

