सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप हुँदै
नेपाल कराँते महासंघले, सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आगामि मंसिर १२ गते देखि १७ गते सम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपबारे जानकारी दिएको हो ।
महासंघले नेपालमा २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएको हो ।
‘ नेपालको इतिहासमा २५ वर्षपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो एउटा कराँतेको विकासमा एउटा कोसेढुङ्गा हुनसक्छ । ’ नेपाल कराँते महासंघले भनेको छ ।
च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकालगायतका देशहरुको सहभागीता रहने संघले जानकारी दिएको छ ।आयोजकले सबै सहभागीहरूको लागि एक विदाई रात्रिभोज समेत आयोजना गर्ने छ ।
Facebook Comments

