पाेखरामा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल हुँदै

पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएकाे हाे ।

भाेलीसम्म पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने फेष्टिभलमा नेपालका ११, चीनकाे ८ र सिङ्गापुरकाे १ गरी २० टाेलीकाे सहभागिता रहने बताइएकाे छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ  ।

Facebook Comments