एनपिएलमा दुइटा खेल हुँदै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सवीच एवं साढे ३ बजे दोस्रो खेल चितवन राइनोज् र पोखरा एभेन्जर्सवीच हुनेछ।
विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स दुवै टिम प्लेअफमा पुगिसकेका छन् ।
सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ। चितवन राइनोज् र पोखरा एभेन्जर्सले भने प्लेअफ सम्भावना गुमाइसकेका छन्।
Facebook Comments

