स्पेन र पाेर्चुगल अन्तिम १६ मा, प्रिक्वाटर फाइनलमा एक आपसमा भिड्ने
सुपर सब गोन्कालो रामोसकाे इन्जुरी टाइममा निर्णायक गोलसँगै पाेर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल अन्तिम साेह्रमा प्रवेश गरेकाे हेा ।

एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।
टोरन्टोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए ।
त्यसपछि पोर्चुगल बराबरी गोल फर्काउने प्रयासमा रहँदा कप्तान क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए । क्रोएसियाका भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए ।
निर्धारित समयमा १-१ को बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेड मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसपछि क्रोएसियाले इन्जुरी टाइममा फेरि बराबरी गोल फर्काएपनि भिएआरले मान्यता नदिदा पोर्चुगल विजयी भयो ।
अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेनले जारी फिफा विश्वकपकाे अन्तिम १६ मा स्थान पक्का गरेकाे छ ।
स्पेन सन् २०१० पछि पहिलो पटक फिरफा विश्वकपको नकआउट चरणमा प्रवेह गरेकाे हाे ।
शुक्रार बिहान भएको खेलमा २ गाेल मिकेल ओयाजाबालले गरेका थिए । ओयाजाबालले दुबै हाफमा एक-एक गोल गर्दा पेड्रो पोरोले एक गोल गरे ।

लस एन्जल स्टेडियममा भएको खेलमा मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।
२९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।
पेड्रो पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । स्पेनका लागि यो पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।
जितसँगै स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेता पाेर्चुगलसँग खेल्नेछ ।

