एनपीएलको उद्घाटन समाराेहमा प्रधानमन्त्री सहभागी हुने
प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समाराेहमा सहभागी हुनुहुने भएकाे छ । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने जानकारी दिनुभयाे ।
एनपीएलकाे तेस्राे संस्करणकाे उद्घाटन दिउँसो ५ बजे हुनेछ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएलले नेपालको भव्य खेलकुद उत्सवको रूप लिएको भन्दै शुभकामना समेत दिनुभएकाे छ ।
Facebook Comments

