नेपाल आइसिसी टी-२० विश्वकप २०२४मा छनाैट
नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ । नेपालमा नै भइरहेकाे आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर नेपाल टी-२० विश्वकप २०२४ का लागि छनोट भएकाे हाे ।
नेपाल छनाैट खेलकाे फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्न सफल भएकाे हाे ।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेकाे हाे ।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो ।
नेपालले सन् २०१२ युएईमा भएको विश्व छनोट खेलेको थियो। अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा २० टिमले सहभागिता जाउँदैछन् । सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिम क्षेत्रीय छनोट चरण पार गरेपछि सहभागी हुनेछन् ।

