पाेखरामा ड्रागन बोट रेस फेस्टिभल सुरू

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरू भएकाे छ । भाेली शनिबारसम्म पोखराको लेकसाइडमा संचालन हुने उक्त फेष्टिभलले पाेखराकाे पर्यटन क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएकाे छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार उक्त बोट रेसमा सहभागि हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागी छन् ।

दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना हुन लागेको उक्त प्रतियोगितामा नेपालको तर्फबाट ४ र अन्य विदेशी ४ गरी ८ टिम बिच प्रतिष्प्रर्धा हुनेछ ।

पोखरा लेकसाइडको क्याम्पिङचोक देखि फेवातालमा हुने उक्त कार्यक्रम हुने भएको हो । प्रतियोगितामा नेपालको ४ टिम मात्र सहभागि गराउने भए पछि नेपालका ५ समुहले प्रशिक्षणमा सहभागि हुदै आएकोले विहीबार छनौट चरणबाट एक टोली बाहिरिएको छ ।

नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा डुंगा व्यवसायी संगठन, र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागि हुने छ ।

पोखरा महानगरका पर्यटन बिकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले प्रतियोगिता अन्तर्गत शुक्रबार र शनिबार २ सय र ५ सयम मिटरमा प्रतिष्प्रर्धा हुने जानकारी दिनुभयाे ।
उक्त प्रतियोगिताको पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । रेश सगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत गरिने भएको छ । विहिबार पोखरामा अन्य टिमले भने अभ्यास खेल प्रर्दशन गरेका छन् ।

उक्त प्रतियोगितामा सहभागि टिममा १२ जना खेलाडीहरु हुन्छन भने एक जनाले चाइनिज ड्रम बजाउदै त्यसको तालमा अन्य खेलाडीहरुले डुंगा खियाउदै आफ्नो निर्धारित दुरी पार गर्न प्रतिष्प्रर्धा गर्नुहुने छ ।

नेपाल र चीनबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उदेश्यले आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएकाे छ ।

प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठ वटा विशेष खालका बोट जेठ तेस्रो साता पोखरा ल्याई पोखरामा सफल परिक्षण गरिएकाे थियाे ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य संस्थाहरुसँगको सहकार्यमा उक्त वोट रेस सहित फेष्टिभवल हुन लागेको हो ।

तस्वीरः सुदर्शन रन्जित

Facebook Comments