एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

पहिलो खेलका लागि टस जितेकाे चितवन राइनोजले लुम्बिनी लायन्सविरूद्ध बलिङ गर्ने निर्णय गरेको छ। खेल ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । दोस्रो खेल दिउँसाे १ बजे हुनेछ ।

चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले खेलेका चार मध्ये दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोड्दै अंकतालिकाकाे चौथो स्थानमा छ।

पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा हार बेहोरेको छ।

लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ। एनपिएलमा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् ।

यही मङ्सिर १५ गतेदेखि सुरू भएको एनपिएलमा जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। हालसम्म खेलेका चार वटै खेलमा विजयी बनेकाे उसकाे आठ अंक छ।

Facebook Comments