राष्ट्रपति रामचन्द्र पाैडेल ४ दिने भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर प्रस्थान गर्नुभएकाे छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन जानुभएकाे हाे । यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।

ram chandra airport (4)

राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै विश्व शान्ति र स्थायित्वका लागि सक्रिय सदस्यको रूपमा रहेको छ। अहिले नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पनि छ।

राष्ट्रपति पौडेल कतारको औपचारिक भ्रमण पूरा गरेर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।

Facebook Comments