स्थानीय तहमा सरकारी सवारी साधन कानुन विपरीत प्रयाेग भइरहेकाे छः राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा सरकारी सवारी साधानको चरम दुरुपयोग भएको भन्दै नियन्त्रणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् त्यस्ता कार्यमा रोक लगाउन भनेको छ ।

स्थानीय तहका जनप्रतिनिधि एवं पदाधिकारी तथा कर्मचारीहरुको सुविधाका सम्बन्धमा प्रचिलित कानुनको पूर्ण पलाना गर्न गराउन सतर्कता केन्द्रले ध्यानाकर्षण सहित निर्देशन दिएको छ ।

केन्द्रकाे उजुरी ब्यवस्थापन समितिकाे मंसिर ३ मा बसेकाे बैठकले अस्पष्ट भएका विषयमा कानुनको परिधिमा रहेर आवश्यक कार्यविधि एवं मापदण्ड बनाएर खर्च गर्न तथा प्रचलित कानुन पालना गर्न मन्त्रालय मार्फत् देशभरबा सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८(१) (छ० बमोजिम यस्तो निर्देशन दिइएको पनि सर्तकता केन्द्रले जनाएको छ ।

खास गरी निजी काम विवाह, वर्तवन्ध, मलामी, घुमफिरमा जान तथा काठमाडौं निजी काममा जाँदा समेत सरकारी सवारी साधन प्रयोग गर्ने, इन्धन खर्च गर्ने सवारी चालकलाई भ्रमण भत्तँ उपलब्ध गराउने मर्मत खर्च दिने जस्ता कार्य भइरहेको र त्यस्तो कार्य कानुन विपरीत हुने सतर्कता केन्द्रको ठहर छ ।

Facebook Comments