एनपीएलः प्लेअफमा पुग्याे सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ चरणमा पुगेकाे छ । सुदूरपश्चिमले शनिबारको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने पहिलाे टाेली बनेकाे हाे ।
इशान पाण्डे र विनोद भण्डारीले संयमीत इनिङ्स खेलेपछि सुदूरपश्चिमले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ४६ रनको लक्ष्य १४ बल अगाडि नै पुरा गर्यो ।
सुदूरपश्चिम गत वर्ष जनकपुरसँगैं फाइनलमा पराजित भएको थियो । तर यसपटक बलियो उपाधि दावेदारी प्रस्तुत गरेको सुदूरपश्चिमले पहिलो पाँचै खेल जितेर प्लेअफमा स्थान पक्का गर्दै क्वालिफायर्स १ नजिक पुगेको हो । त्यसको विपरीत पहिलो चारै खेल हारेपछि जनकपुर बाहिरिने लगभग निश्चित जस्तै भएको छ ।

अमेरिकी ब्याटर कृष्णमुर्थीको अर्धशतकबाट प्रेरित जनकपुरले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो ।

