आहा रारा पोखरा गोल्डकपः थ्री स्टार क्लब र ब्ल्याक बुल्स एफसीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै

नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

२४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियाेगितामा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । पाेखरा रंगशालामा दिउसाे २ बजे खेल हुनेछ ।

यसअघि बुधबार भएकाे खेलमा नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४ औं संस्करणको उपाधि नजिक पुगेको हो ।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।

प्रतियाेगिताकाे फाइनल खेल शनिबार नेपाल पुलिस क्लव र थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेता टाेलीवीच हुनेछ ।

Facebook Comments