विश्वकप २०२६ः बेल्जियम र इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश

बेल्जियम र इंगल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको हो ।

अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा प्रवेश पक्का गरेकाे हाे ।

बेल्जियमका कप्तानले १२५औं मिनेटमा गरेकाे गाेल नै निर्णायक गाेल बन्न पुग्याे । ८५ मिनेटसम्म २-० को अग्रतासहित जितनजिक पुगेको सेनेगल भने अभागी ठहरियाे ।

निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २-२ को बराबरीमा पुगेकाे थियाे । खेल अतिरिक्त समयमा लम्बिएपछि अन्तिम समयमा पेनाल्टी उपयाेग गर्न बेल्जियमका कप्तान युरी थिलेमन्स सफल बने ।

बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्डले अन्तिम १६ मा स्थान पक्का गरेकाे हाे ।

एक गोलले पछि परेको अवस्थामा उनले लगातार दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाएका हुन् । पहिलाे हाफमा नै डीआर कंगोले १ गाेलकाे अग्रता बनाएकाे थियाे ।

तर दोस्रो हाफको अन्तिम १५ मिनेटमा इंग्ल्यान्डले दुई गोल फर्काएकाे थियाे ।

Facebook Comments