विश्वकप २०२६ः स्विट्जरल्यान्ड र अर्जेन्टिना क्वाटरफाइनलमा

स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो ।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लाग्यो।

अब स्विट्जरल्यान्डले क्वाटरफमाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।

विश्वकपको एउटा नाटकीय खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएकाे छ ।

खेलको ७६औं मिनेटसम्म इजिप्ट २–० ले अगाडि थियो । अर्जेन्टिनाका समर्थकहरू मात्र नभइ खेलाडीहरू पनि निराश बन्दै थिए ।

इजिप्टका लागि ६७औं मिनेटमा मोस्तफा जिकोले दोस्रो गोल गरेपछि अर्जेन्टिनाको सपना टुट्न लागेको जस्तो देखिन्थ्यो ।

तर खेलको ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गरेपछि अर्जेन्टिनामाथि फरक माहाेल बन्दैगयाे ।

त्यसको ठिक ४ मिनेटपछि, ८३औं मिनेटमा मेसीले बराबरी गोल फर्काए । यो गोलसँगै मेसी यस विश्वकपमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा केलियन एम्बाप्पे र एर्लिङ हालान्डभन्दा अगाडि पुगेका छन् ।

अन्ततः अर्जेन्टिनाले ३-२ को जीत सुनिश्चित गरेपछि मेसी मैदानमै भक्कानिए । मेसीको अनुहारमा जीतको त्यो भावुकता स्पष्टसँग देखिन्थ्याे ।

मेसीको सपना अझै जीवित छ, र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वविजेता बन्ने यात्रा अझै जारी छ ।

याेसँगै क्वाटरफाइनलका लागि ८ टाेलीकाे टुंगाे लागेकाे छ । युराेपेली मुलुकहरू फ्रान्स, स्पेट, बेल्जियम, इंगल्याण्ड, स्वीजरल्याण्ड, नर्वे सहित अर्जेन्टिना र माेरक्काे क्वाटरफाइनलमा पुगेका छन् ।

Facebook Comments