इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

नर्वेलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङघमको उत्कृष्ट दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमीफाइनल प्रवेश गरेकाे हाे ।

अमेरिकाको मियामीमा भएको क्वार्टरफाइनल खेलमा बेलिङघमकाे गाेल निर्णायक बन्याे ।

निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण रहेको यस खेलको ३६औँ मिनेटमा एन्ड्रियास श्जेल्ड्रुपको गाेलमा नर्वेकाे सुरूवाती अग्रता थियाे ।

पहिलो हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै बेलिङघमले इंगल्याण्डका तर्फबाट गाेल फर्काएका थिए र खेल बराबरीमा पुगेकाे थियाे ।

दोस्रो हाफमा नर्वेले इंग्ल्यान्डलाई निकै दबाबमा राखेकाे थियाे । खेल अतिरिक्त समयमा गएको तीन मिनेटमै बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरे जुन सेमीफाइनलका प्रवेशका लागि निर्णायक गाेल बन्याे ।

वैकल्पिक खेलाडी मोर्गन रोजर्सको प्रहारलाई नर्वेका गोलरक्षकले रोक्ने प्रयास गर्दा फर्किएको बललाई बेलिङघमले सदुपयोग गरेका थिए ।

Facebook Comments