संयुक्त राष्ट्रसंघ को ७९ औं महासभा शुरू

संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा न्युयोर्कमा मंगलबारदेखि सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क जाने तयारीमा हुनुहुन्छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे सम्बोधनसँगै ७९ औं महासभा सुरु भएकाे हाे । क्यामरुनका […]

अर्थ मन्त्रालयकाे संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने

सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय […]

सत्तारुढ दलहरूबिच सरकारकाे कामका बिषयमा छलफल

सत्तारुढ दलहरूबिच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनकै तर्फबाट सरकारको पक्षमा साथ सहयाेग कम भएकाे गुनासाे गर्दै गठबन्धनकाे भावना विपरीत काेही पनि जान नहुने […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी […]

मौसमः कोशीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको  छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा […]