पाेखरामा फेवा नववर्ष महोत्सव

मध्यपूर्वको तनाव लगायतका कारणले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले नेपाली नयाँवर्ष २०८३ का अवसरमा देशको पर्यटकीय राजधानी पोखरामा गत चैत २९ गतेदेखि जारी फेवा नववर्ष महोत्सव समापन हुँदैछ ।

होटल संघ पोखराले पर्यटन, संस्कृति र खानाको नारा सहित यही चैत २९ देखी वैशाख १ गतेसम्म २१ औँ संस्करणको महोत्सव गरेकाे हाे ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको खहरेचोकदेखी शहीदचोकसम्मको चार किमी क्षेत्रमा महोत्सव सञ्चालन भएकाे हाे ।

नेपाली नयाँवर्ष पर्यटकीय राजधानीमा भव्य रुपमा मनाउने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्नु मुख्य उद्धेश्य सहित महाेत्सव गरिएकाे हाे ।

महोत्सवका आकर्षणमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता रहेका थिए । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम समावेश थिए ।

Facebook Comments