माैसमः काेशी र गण्डकीका पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा र हिमपातको  सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको जनाएकाे छ। 

बुधबार राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले उल्छलेख गरेकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments