प्रतिनिधिसभा बैठक बस्दै, सार्वजनिक महत्वकाे प्रस्तावमाथि छलफल हुने

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची […]

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गतकाे राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला […]

कांग्रेसको देउवा पक्षले छुट्टै राष्ट्रिय भेला गर्ने, डा. सशांक काेइरालाकाे नेतृत्वमा समिति गठन

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरूले छुट्टै राष्ट्रिय भेला गर्ने भएका छन् । शनिबार संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि डा. सशांक काेइरालाकाे संयाेजकत्वमा आयोजक समिति गठन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । […]

राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित […]

धैर्य र संयमता अपनाइ शान्ति कायम गर्न प्रधानमन्त्रीकाे अपिल

प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएकाे छ । विहीबार साँझ देसबासीकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनाप्रति दुःख व्यक्त […]