लेवनानमाथि इजरायलकाे भीषण आक्रमण

इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ ।  बुधबार उसले राजधानी बेरुतसहितका इलाकामा आक्रमण गर्दा कम्तिमा २ सय ५४ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आक्रमणमा ११ सय भढी घाइते रहेकाले मृतककाे संख्या बढ्न सक्ने अलजजिराले जनाएको छ । इरानको इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्सले यस आक्रमणको निन्दा गर्दै इजरायलले पछुताउनुपर्ने चेतावनी दिएको छ ।

यस आक्रमणको विरोधमा इरानले हर्मुजको जलघाँटीबाट तेलका ट्यांकरलाई बाहिरिनबाट रोक लगाएको छ । अर्धसरकारी फार्स न्युज एजेन्सीले हर्मुजको घाँटी बन्द गरिएको निर्णय सार्वजनिक गरेको हो । 

यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्न र १४ दिन युद्धविराम गर्न इरान तयार भएको थियो । सहमतिअनसार बुधबार दुईवटा तेलका ट्यांकरले रिभोलुशनरी गार्डस्सँग अनुमति लिएर जलघाँटी पार गरेको फार्स न्युजले जनाएको छ । 

इरानले अमेरिकाले इजरायले जारी राखेकाे युद्ध वा युद्धबिराम मध्ये एक राेज्नुपर्ने भनेकाे छ । इरानले युद्धविराममा लेवनान पनि समेटिनुपर्ने जनाएकाे छ । तर इजरायलले लेवनानमा लेबनानकोे विषय युद्धविराममा समावेश नरहेको दाबी गरेकाे छ ।

यसले अमेरिका-इजरायल र इरानवीचकाे युद्धविराममा समेत संशय थपिएकाे छ ।

Facebook Comments