टाइम म्यागजिनकाे १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह समावेश
टाइम म्यागेजिनले हरेक वर्ष जस्तै सन् २०२६ काे सय प्रभावशाली व्यक्तिकाे सूची प्रकाशन गरेकाे छ । उक्त सूचीमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिमा पर्नुभएकाे छ ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेनकाे नाम समावेश छ ।
नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गर्ने गरेकाे छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन्।
उक्त समूहमा पोप लियो पहिलो नम्बरमा, दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम, अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा समावेश गरी सूची प्रकाशन गरिएकाे हाे ।
Facebook Comments

