आ.व. २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित
आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो ।
योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ ।
यद्यपि यसअघि उक्त विधेयक राष्ट्रियसभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनु पर्नेछ । बजेट अन्तर्गत नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा भने छलफल हुनै बाँकी छ।
Facebook Comments

