२०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ कराेड रूपैयाँकाे बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराउनुभएकाे हाे ।

पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने वाग्लेले उल्लेख गर्नुभएकाे छ । त्यस्तै, राजस्व १४ खर्ब ४ अर्बको रहने छ ।

अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहनेछ भने जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने अर्थमन्त्री वाग्लले उल्लेख गर्नुभयाे ।

Facebook Comments