माैसमः पाँच प्रदेशका केही स्थानहरूमा हल्का वर्षा
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल र सुदुरपशचिम प्रदेशमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार मधेश प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
शनिबार दिउँसाे देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाले शनिबार राती मधेश, बागमती र, गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।
महाशाखाले शनिबार राती मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कोशी र कर्णाली प्रदेश हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा एवं हिमपात तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

