रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री माेदीवीच भेटवार्ता
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ।
भारत भ्रमणका क्रममा सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएकाे हाे । भारतीय प्रधानमन्त्री माेदीले भेटवार्ताकाे तस्वीर सार्वजनिक गर्दै खुशी व्यक्त गर्नुभएकाे छ ।
उहाँले नेपाल र भारतवीच परस्पर मिलेर काम गर्नुपर्ने बताउनुभएकाे छ ।
‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,’ मोदीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
सोमबार भारत पुगेका सभापति लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
लामिछाने भाजपाकाे निमन्त्रणामा ६ दिने भारत भ्रमणका लागि १८ गते भारततर्फ प्रस्थान गर्नभएकाे थियाे ।
मंगलबार नै गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग सभापति लामिछानेकाे भेटवार्ता भएकाे थियाे ।


