बजेटबारे सर्वत्र चासाे, सुक्ष्म अध्ययनमा अर्थमन्त्री

जेठ १५ नजिकिंदै गर्दा आगामी आर्थिक वर्ष २०८३/८४ बजेट तयारी पनि अन्तिम रूप दिने कार्य भइरहेकाे छ ।

अर्थमन्त्री डा.अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बनाउनमै तल्लिन रहनुभएकाे छ । बजेटकाे मस्याैदाकाे सुक्ष्म अध्ययन गर्नमा नै अर्थमन्त्रीकाे समय वितिरहेकाे छ ।

शक्तिशाली सरकारकाे आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासोकाे बिषय छ ।

झण्डै २ तिहाइ बहुमत रहेकाे वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको पहिलो बजेट भएकाले पनि चासो बढेको हो ।

यतिबेला सिंहदरबारस्थित अर्थ मन्त्रालयको माहोल बाहिर सुनसानजस्ताे देखिएपनि भित्र भने बजेटकाे अन्तिम तयारीकाे दबाबले व्यस्तता बढाएकाे छ । यसले अर्थमन्त्रालयकाे माहाेल पूर्ण रूपमा फरक देखिन्छ ।

बजेटका लागि स्राेतकाे सीमितता र देशकाे वर्तमान आवश्यकतावीचकाे खाडलवीच सन्तुलन कायम गर्दैएउटा आशालाग्दो र ऐतिहासिक बजेट ल्याउनुपर्ने दबाब अर्थमन्त्रीमाथि छ ।

हाल करका दर हेरफेर बाहेकको बजेट लेखनको काम करिब–करिब सकिएकाे मन्त्रालय स्रोतको भनाइ छ ।

बजेट निर्माणमा अर्थमन्त्री डा. वाग्लेको खटाइ र सूक्ष्म अध्ययन गर्नुभएकाे छ । मन्त्रालय स्रोतका अनुसार उहाँले दैनिक करिब १६ घण्टा अर्थ मन्त्रालयमै बिताउने गर्नुभएकाे छ । यसले पनि उहाँमाथिकाे दबाबलाइ पुष्टी गर्दछ ।

Facebook Comments